राष्ट्रिय सभामा सिफारिस तीन सदस्यको सपथको बाटो खुल्यो

राष्ट्रिय सभामा सिफारिस तीन सदस्यको सपथको बाटो खुल्यो

काठमाडौँ: सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीनजना सदस्यलाई शपथ गर्न दिन आदेश जारी गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट राष्ट्रिय सभाका लागि सिफारिस भएका तीन सदस्यलाई सपथ गर्ने बाटो खोलिदिँदै अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीशद्वय केदार चालिसे र शारदा घिमिरेको इजलालले यसअघि दिइएको अल्पकालिन आदेश खारेज गरेको हो । तीनजनाको नियुक्तिसम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका कृष्ण पाैडेलसहितले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यो आदेशसँगै अर्थमन्त्री बनिसकेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई राष्ट्रिय सभा सदस्यको शपथ लिने बाटो खुल्ला भएको छ ।

यसअघि फागुन १३ गते सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले ओली सरकारबाट सिफारिस तीनै सदस्यलाई राष्ट्रिय सभाको शपथ लिन रोक लगाएको थियो । 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न दिएको आदेश खारेज गर्दै सर्वोच्चले सपथको बाटो खोलिदिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.