सरकार शासक होइन : प्रधानमन्त्री ओली

सरकार शासक होइन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका छन्। बाग्मती सफाई अभियानका अभियन्तासँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीले सरकार कानुनको पालक मात्र भएको समेत प्रष्ट पारेका छन्। ‘सरकार हस्तक्षेपकारी होइन कानुनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले बाग्मती सफाई अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताए। प्रधानमन्त्री ओलीले बाग्मती सफाइसँगै यसलाई फोहोर हुन नदिने विषयमा पनि जनचेतना जागृत गर्नुपर्नेमा जोड दिए।

अभियन्ताले २०७५ लाई नेपाल सफाई वर्ष घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए। बागमती सफाई अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बाग्मती सफाई अभियानमा सरकारसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.