रौतहटको फरहदवामा शेखमाथि गोली प्रहार, अवस्था गम्भीर
रौतहट: रौतहटको राजपुर फरहदवा नगरपालिकाको फतुवा पुल नजिकै बुधवार राति एक ब्यक्तिाथि गोली हानिएको छ। अज्ञात समुहले चलाएको गोली लागेर राजपुर फरदवा नगरपालिका-३ बस्ने करिब ५० वर्षीय शेख शालिम घाइते भएका छन्।
राति करिब ८ बजे घरतर्फ गइरहेको अवस्थामा शालिममाथि गोली प्रहार भएको स्थानीयले जानकारी दिएका छन् ।
गम्भीर घाइते भएका शालिमको गौर अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्गज पठाइएको छ । उनको पेटमा गोली लागेको चिकित्सकहरुले जनाएका छन ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।