प्रधानमन्त्री कार्यालय शक्तिशाली बन्दै

प्रधानमन्त्री कार्यालय शक्तिशाली बन्दै

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६० प्रतिशतभन्दा बढी कर्मचारी थप हुने भएका छन् । प्रधानमन्त्री कार्यालयले सहसचिव र सचिवसहित १ सय कर्मचारी थप्नेगरी नयाँ दरबन्दी तयार पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै संवैधानिक हैसियतमा रहेका सम्पत्ति सुद्धीकरण, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागका कार्यहरू एवं राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन र मापदण्ड बनाउने कार्यसमेत प्रधानमन्त्रीमातहत ल्याउने निर्णय गरेसँगै प्रधानमन्त्री कार्यालयमा कर्मचारी संख्या पनि बढाउने गृहकार्य थालिएको हो ।

प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा आएका तथा अन्य सबै निकायलाई सशक्त र प्रभावकारी बनाउन ६० प्रतिशतभन्दा बढी कर्मचारीको दरबन्दी थप्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कार्यालयमा १ सय ९६ दरबन्दी रहेकोमा अब त्यसलाई बढाएर २ सय ९८ बनाउने गृहकार्य अन्तिम चरणमा पु¥याइएको छ ।

कार्यालयमा अब प्रशासनका ४ र कानुनका १ गरी पाँच जना सचिव रहनेछन् भने प्रशासनका १० र कानुनका १ गरी ११ सहसचिव रहनेछन् । कार्यालयमा विभिन्न सेवा समूहका गरी उपसचिव मात्रै ३० जना रहने छन् । यस्तै विभिन्न सेवा समूहका ६० जना अधिकृत रहने गरी नयाँ दरबन्दी संरचना तयार पारिएको कार्यालयले जनाएको छ । यसअघि २३ जनाको संख्यामा रहेका कम्प्युटर अपरेटको संख्यामा २४ जना बढाएर ४७ जना पु¥याइने छ ।

यसैगरी प्रधानमन्त्री कार्यालयमा महाशाखाहरू ११ वटा हुनेछन् भने ३० भन्दा बढी शाखा रहनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले जिम्मेवारी थपिएस“गै कार्यालयमा कर्मचारी केही थप हुने बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालयको संगठन संरचना बनाउने कार्य अन्तिम चरणमा पु¥याइएको जानकारी दिए । सरकारले हालै स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ मा प्रधानमन्त्री कार्यालयका ३८ वटा जिम्मेवारी निर्धारण गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले तयार पारेको नयाँ दरबन्दीअनुसार अब कार्यालयमा प्रधानमन्त्रीका ४ जना मात्रै सल्लाहकार रहनेछन् । जसअनुसार १ जना मुख्य सल्लाहकार रहनेछन् भने ३ जना सल्लाहकार हुनेछन् ।

राजनीतिक, परराष्ट्र, सूचना र आर्थिक सल्लाहकार गरी चार जना मात्रै सल्लाहकार समूह रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसअघि रहँदै आएको विज्ञान तथा प्रविधि, जनसम्पर्क, प्रशासन र भौगोलिक सूचना सल्लाहकार भने खारेज गरिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.