धारा छन् पानी आउँदैन्, खोल्सा र कुवाको भर

धारा छन् पानी आउँदैन्, खोल्सा र कुवाको भर

चुलाचुली : इलामको चुलाचुली गाँउपालिकाको वडा नं ५ का स्थानीयले खानेपानीको लागि खोल्सा र कुवा प्रयोग गरेको वर्षौ भइसक्यो। हिउँदपछि सुरु हुने खडेरीमा गाउँमा धारा सुक्छन्। ती सुकेपछि खोलाखोल्सीमो पानी प्रयोग गर्नुको विकल्प छैन।

खोल्साको पानीका लागि घण्टौ धाउनु पर्ने दैनिकी शुरु भएको वडा अध्यक्ष चन्द्र थापा बताउँछन्। उनले भने,‘यो दशकै लामो समस्या हो।’ करिब पाँचसय घरधुरी रहेको वडामा धारा भएपनि त्यसमा पानी सुक्न थालेपछि नजिकैको खोलाबाट ओसार्नु पर्ने बाध्यता रहेको बताउँदै वडाअध्यक्ष चन्द्र थापाले भने,‘प्यास मेट्ने पानी त्यहीं धाराबाट ओसार्नु पर्छ। त्यसमा पनि सुक्दै गएपछि एक गाग्री पानीको लागि खोल्सा धाउनु पर्ने बाध्यता छ।’

गाउँपालिका प्रमुख भएका प्रदीपचन्द्र राई दशकौदेखि स्थानीयले भोगेको समस्या समाधानका लागि प्रयास गरिरहेको तर उचित बजेट अभावले काम गर्न नसकेको बताउँदै भने,‘ स्थायी रुपमा खानेपानीको व्यवस्थापन गर्न प्रदेश र केन्द्र सरकारसँग आग्रह गर्ने योजना बनाएका छौ।’भएका धारामा समेत पानी आउन छाडेकोले टोलवासी समस्यामा परेको राईले बताए।

चुलाचुली–४ आइतबारे बजारमा पनि पानीको उस्तै दुःख छ। बजारमा रहेका ६० घरका लागि एउटा मात्रै सार्वजनिक धारो छ। एक वर्षअघि जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिले साविकको ६, ७ र ८ वडाका बासिन्दाहरूलाई पानी उपलव्ध गराउने उद्देश्यका साथ डिप बोरिङमार्फत एकघर एकधारा बनाउने योजना अघि सारेको थियो। जमिन निःशुल्क व्यवस्था भयो। तर,सरकारी कामले गति लिन सकेको छैन। पिउने पानीको समस्याको मारमा जनप्रतिनिधि आफै परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.