नारी दिवसको अवसरमा वृद्व महिलालाई खाद्य सामाग्री
काठमाडौं : १०८ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तारामण्डल महिला शशक्तिकरण अभियानले काठमाडौं तिनकुने स्थित निसाय सेवा सदन ब्रिद्दाश्राम मा रहेका महिलाहरुलाई खाद्यन्नलगायतका सामाग्री सहयोग गरेको छ ।
वृद्वाश्रममा रहेका ३६ जना बृद्ध महिला आमाहरुलार्इ खाध समाग्री लगायत लत्ताकपडा, फलफुल, जुसलगायत समाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष कुन्ती पोख्रेल जानकारी दिइन् ।
सो अवसरमा कार्यक्रम संयोजक डिल्लीराज पाठकले महिला हिँसा र वृद्द महिलाको दयनीय अवस्थाका बारेमा आम समुदायलाई जाग्रित गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।