विश्कप छनोट: नेपालले चार ओभरमै गुमायो चार विकेट

विश्कप छनोट: नेपालले चार ओभरमै गुमायो चार विकेट

काठमाडौँ: जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै एक पछि अर्को झट्का व्यहोरेको छ । नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगे । त्यसैगरी चौथो क्रमका दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् ।

त्यसपछि आएका शरद भेषवकार पनि आउट भएका छन् । भेषवकारले १ बलको सामना गर्दै खाता नखोली आउट भएका हुन् । यसअघि दिलिपनाथलाई आउट गरेका ह्विट्टिङघमले दीपेन्द्रलाई ४ बलमा १ रन बनाएको अवस्थामा आउट गरे।

स्कटल्यान्डका सरिफले उपकप्तान मल्ललाई ७ बलमा १ रन बनाएको अवस्थामा बोल्ड आउट गरेका थिए । त्यसैगरी अर्का ओपनर दिलिप नाथलाई २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काए।

अहिले क्रिजमा कप्तान पारस खड्का र अरिफ शेख छन् । ५ ओभर खेलेको नेपालले ताजा अवस्थामा २३ रन जोडेको छ । पारसले १५ रन बनाउँदा अरिफले खाता खोलेका छन् ।

जिम्बाब्वेको बुल्लावायोमा टस जितेर नेपालले पहिले ब्याटिङमा जाने निर्णय गरेको थियो। विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित्नै पर्नै जरुरी छ। स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प थिएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.