नेपाललाई अर्को झड्का, ३९ रन बन्दा पाँच विकेट गुम्यो
काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै एक पछि अर्को झट्का व्यहोरेको छ । आठ ओभर पूरा गर्दा नेपालका आरिफ शेख आउट भएका छन् । यो सँगै नेपालले पाँच विकेट गुमाएको छ । पाँच विकेट गुम्दासम्म नेपालले जम्मा ३९ रन मात्र जोड्न सकेको छ । यसअघि नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगे । त्यसैगरी चौथो क्रमका दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् ।
त्यसपछि आएका शरद भेषवकार पनि आउट भएका छन् । भेषवकारले १ बलको सामना गर्दै खाता नखोली आउट भएका हुन् । यसअघि दिलिपनाथलाई आउट गरेका ह्विट्टिङघमले दीपेन्द्रलाई ४ बलमा १ रन बनाएको अवस्थामा आउट गरे।
स्कटल्यान्डका सरिफले उपकप्तान मल्ललाई ७ बलमा १ रन बनाएको अवस्थामा बोल्ड आउट गरेका थिए । त्यसैगरी अर्का ओपनर दिलिप नाथलाई २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काए।
अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी छन् । ढ ओभर खेलेको नेपालले ताजा अवस्थामा ३९ रन जोडेको छ । पारसले ३१ बलमा ३० रन बनाएका छन् ।
जिम्बाब्वेको बुल्लावायोमा टस जितेर नेपालले पहिले ब्याटिङमा जाने निर्णय गरेको थियो। विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित्नै पर्नै जरुरी छ। स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प थिएन ।