नेपालका लागि पारस खड्काको हाफ सेन्चुरी

नेपालका लागि पारस खड्काको  हाफ सेन्चुरी

काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै एक पछि अर्को झट्का व्यहोरेको भए पनि कप्तान पारस खड्काले हाफ सेन्चुरी पूरा गरेका छन्।

आठ चौका प्रहार गर्दै पारस खड्काले ६८ बलमा ५० रन बनाएका हुन् । २६ ओभरको समाप्तिमा अहिले नेपाल ८६ रन बनाएको छ । ब्याटिङमा कप्तान पारस खड्का र रोहित कुमार छन् ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै एक पछि अर्को झट्का व्यहोरेको छ । २४ ओभरमा सोमपाल कामीलाई गुमाउँदै नेपालले ६ विकेट गुमाइ सकेको छ । यसअघि आठ ओभर पूरा गर्दा नेपालका आरिफ शेख आउट भएका थिए ।

पाँच विकेट गुम्दासम्म नेपालले जम्मा ३९ रन मात्र जोड्न सकेको छ । यसअघि नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगे । त्यसैगरी चौथो क्रमका दीपेन्द्रसिंह ऐरी पनि आउट भए ।

त्यसपछि आएका शरद भेषवकार पनि आउट भए । भेषवकारले १ बलको सामना गर्दै खाता नखोली आउट भएका हुन् । यसअघि दिलिपनाथलाई आउट गरेका ह्विट्टिङघमले दीपेन्द्रलाई ४ बलमा १ रन बनाएको अवस्थामा आउट गरे।

स्कटल्यान्डका सरिफले उपकप्तान मल्ललाई ७ बलमा १ रन बनाएको अवस्थामा बोल्ड आउट गरेका थिए । त्यसैगरी अर्का ओपनर दिलिप नाथलाई २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काए।

अहिले क्रिजमा कप्तान पारस खड्का र रोहित कुमार छन् । २७ ओभर खेलेको नेपालले ताजा अवस्थामा ६ विकेटको क्षतिमा ९१ रन जोडेको छ ।

जिम्बाब्वेको बुल्लावायोमा टस जितेर नेपालले पहिले ब्याटिङमा जाने निर्णय गरेको थियो। विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित्नै पर्नै जरुरी छ। स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प थिएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.