अध्यागमनमा गृहमन्त्री पुगेपछि..

अध्यागमनमा गृहमन्त्री पुगेपछि..

काठमाडौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्य देशका आपराधिक व्यक्ति नेपालको अध्यागमनबाट सजिलै छिर्न सक्ने सम्भावना रहेकाले त्यसलाइ रोक्ने गरी काम गर्न अध्यागनका अधिकारीलाई निर्देशन दिएका छन्।

गृहमन्त्री भएपछि पहिलो पटक अध्यागमन विभाग पुगेका थापाले अन्र्तराष्ट्रिय जगतमा नेपालको अध्यागमन नाकाबाट आपराधिक व्यक्ति सजिलैसँग छिर्न सक्ने सन्देश गहिरहेको र त्यस्ता नकरात्मक सन्देशले देशको छबिमा नै असर पार्न सक्ने भएकाले अवाञ्छित व्यक्तिको सम्भावित नेपाल प्रवेशमा कडाई गर्न अध्यामगनका कर्मचारीलाई निर्देशन दिएका हुन्।

केही दिनअघि अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियाका नागरिक पोखरामा पक्राउ परेका थिए। अध्यागमन र इन्टरपोलको डाटा जोडिएको भए कोरियाली नागरिक विमानस्थलमै पक्राउ पर्ने थिए।

मन्त्री थापाले अध्यामगनका केही कर्मचारीको मिलेमतोमा अवैध काम गरेको सुन्नमा आइरहेकाले त्यस्ता नकरात्मक टिप्पणीको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले केही दिन भित्रै सुधार देखिने गरी काम गर्न कर्मचारीलाई सुझाएका छन् ।

अध्यागमन देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुन सके देशकै सुरक्षा अवस्था मजबुत हुने मन्त्री थापाले बताए। ‘पाँच वर्षभित्रमा विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधिसहितको कार्यालय हुने गरी काम सुरु गर्नुहोस् गृहमन्त्री थापाले भने, ‘अध्यागमनलाई प्रविधियुक्त बनाउन सरकार जस्तो सुकै आर्थिक सहयोग गर्न तयार छ।’

मन्त्री थापाले अध्यामगनका कर्मचारीलाई भने, ‘तपाईहरु सेवानिवृत्त भएपछि साधारण नागरिकको रुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ हाे सोही अनुरुपको व्यवहार आज तपाईहरुले गर्नुहोस्।’

 

पछिल्लो पटक अघिल्लो साता मात्र नेपाल एयरलाइन्स र विमानस्थल अध्यागमनका केही कर्मचारीको आर्थिक सेिटङमा चारजना भारतीयलाई अवैध ढंगले हङकङ पठाउने प्रयत्न गरेका थिए। प्रकरणमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ भने अध्यागमन विभागले एक कर्मचारलाई विमानस्थलबाट विभागमा झिकाएर अनुसन्धान अघि बढाएको छ। उक्त कार्यक्रममा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेको समेत उपस्थिती थियो। सो क्रममा महानिर्देशक काफ्लेले विभागको वर्तमान अवस्था र कामकारवाही बारे मन्त्री थापालाई जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.