वृद्धवृद्धा र बालबालिकालाई सेन्ट मेरिज स्कुलको सहयोग
काठमाडौं : सेन्ट मेरिज स्कुल जावलाखेलका शिक्षक–शिक्षिकाले वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठीद्वारा सञ्चालित ‘आमा घर’ लाई सहयोग गरेका छन् ।
विश्व नारी दिवसको अवसरमा बिहीबार आमा घर पुगेर शिक्षिकाले वृद्धवृद्धा र बालबालिकालाई आफैं खाना बनाएर खुवाए । सँगै आमा घरमा रहेका ३० जाना वृद्धवृद्धालाई एक महिनासम्म पुग्ने रासन र सरसफाई सामाग्री वितरण गरेका छन् ।
त्यसैगरी आमा घरकै नख्खिपोटमा रहेको बालबालिकाको आश्रममा पनि स्कुलले सहयोग गरेको छ । ३० जना बालबालिका रहेको उक्त आश्रममा शिक्षक शिक्षिकाले बालबालिकाका लागि आवश्यक पर्ने खाद्यान्न र सरसफाई सामाग्री प्रदान गरेका हुन् । आश्रममा सहयोगका लागि सबै शिक्षक शिक्षिकाले रकम संकलन गरेका थिए ।
सेन्ट मेरिज स्कुल अन्तर्गत म्यारी वर्ड स्कुलले बिहीबारै स्कुलमा अध्यनरत विद्यार्थीका अभिभावकलाई ‘ड्रगलेस थेरापी’ बारे जनाकारी दिए ।