भूकम्पले भत्किएका ५० हजार घर निर्माणमा भारतको सहयोग
काठमाडौं : भारत सरकारले भूकम्पमा क्षति भएका गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माणको लागि सहयोग गर्ने भएको छ। यूएनडीपी र यूएनओपीएसको साझेदारीमा गोरखाका २६ हजार ९१२, नुवाकोटका २३ हजार ८८ वटा घर पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने भएको हो।
बिहीबार भारतीय राजदुतावासका डीपूटी मिसन चीफ डा. अजयकुमार र यूएनडीपीका कन्ट्री डाईरेक्टर रेनोड मेयर, यूएनओपीएसको एसिया रीजनका डाईरेक्टर संजय माथुरले भूकम्पबाट भत्किएका घर निर्माणको साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको सरकार नियम अनुसार भूकम्प पीडितको घरको पुनर्निर्माण गरिनेछ। हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।