स्कटल्याण्डलाई नेपालले दियो १५० रनको चुनौती
काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डलाई १५० रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्यको चुनौती दिएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।
नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन् । अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७.४ ओभरमा १४९ रनमै रमेटेको हो ।
नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे । त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिए ।