सन्दीप लामिछानेले लिए स्कटल्याण्डको पहिलो विकेट
काठमाडौं : सन्दीप लामिछानेले स्कटल्याण्डको पहिलो विकेट लिएका छन्। जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डको पहिलो विकेट सन्दीपले लिएका हुन्।
नेपालले दिएको १५० रनको चुनौती पछ्याउने क्रममा सन्दीपले १० औँ ओभरको तेस्रबो बलमा स्कटल्याण्डका म्याथु क्रसको विकेट लिएक हुन्। स्कटल्याण्डका ओपनर ब्याट्सम्यान क्रस पारस खड्काको हातबाट क्याच भए। उनले १४ रन बनाएका थिए।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले १८ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा ७१ रन बनाएको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको हो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए। पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन्।
नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन्। अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७.४ ओभरमा १४९ रनमै रमेटेको हो।
नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे। त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिए।