आगलागी पीडितलाई राहत प्रदान
फुङलिङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ७ ऐश्वर्य चौकका आगलागी पीडितलाई राहत प्रदान गरेका छन्। आगलागीबाट घर गुमाएका दिवाकर भट्टराईको परिवारलाई अन्तराष्ट्रिय हरियाली मञ्च शाखा ताप्लेजुङ र स्थानीय सोसियल यूथ गाईजले राहत प्रदान गरेका हुन्। हरियाली मञ्चले नगद ६ हजार रुपैँया प्रदान गरेको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले बताए।
यूथ गाईजले एक बोरा चामल, सिरक एक थान, कुकर, कराइ, थाल, डाडु पन्यू लगायतका सामाग्री दिएको यूथ गाईजका अध्यक्ष अध्यक्ष केशव आचार्यले जानकारी दिए। बाबुको काजक्रियामा बसेका दिवाकरको घरमा विहान करिव ३ बजे अचानक आगलागी भएको थियो।
आगलागीका कारण घर पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट तीन लाख २० हजार नगद सहित गरगहना, लत्ताकपडा, अन्नपात, भाँडावर्तन गरी १८ लाखको क्षतिको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ