जब प्रचण्ड नारायणहिटी दरवारमा पुगे (फोटो फिचर)

जब प्रचण्ड नारायणहिटी दरवारमा पुगे (फोटो फिचर)

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार साँझ शाह वंशीय राजाहरूले शासन गर्ने नारायणहिटी दरबार परिसरमा पुगेका छन् ।

त्यहाँ उनी निर्माणाधीन गणतन्त्र स्मारकको अवलोकन गर्न पुगेका हुन् । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गरेका, बेपत्ता नागरिक र अपांगता भएकाहरूको सम्मानमा स्थापित गणतन्त्र स्मारकको प्रचण्डले अवलोकन गरेका छन् ।

प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको पनि बताए । यो स्मारक देश तथा विदेशका पर्यटकलाई नेपाली जनताको संघर्षको स्मरण गराउने गरी तयार गर्नुपर्ने पनि उनले बताए ।

'यो स्मारक मेरा लागि झनै महत्वपूर्ण छ', उनले भने, 'यसले नेपाली जनताको महान संघर्षको इतिहास चित्रण गर्दछ । हामीले हाम्रो बलिदानीपूर्ण इतिहास झल्काउने गरी यसलाई अन्तिम रूप दिनु पर्छ ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.