यी हुन् विश्वकै महँगा कार

यी हुन् विश्वकै महँगा कार

रोल्स रोयको ‘स्वेपटेल’
रोल्स रोयले एउटा यस्तो कार निर्माण गर्‍यो जुन विश्वकै सर्वाधिक महँगो बन्यो । रोल्स रोयको ‘स्वेपटेल’ कार विश्वको सबैभन्दा महँगो कार हो । यो कारको मूल्य कम्पनीले एक करोड ३० लाख अमेरिकी डलर तोकेको थियो । यो कार बजारमा उपलब्ध छैन । कुनै एक सौखिन ग्राहकको आग्रहमा कम्पनीले प्रिमियम कार निर्माण गरिदिएको थियो । कम्पनीले ग्राहकको नाम खुलाएको छैन ।

रोल्स रोयले रोलआर्ट लग्जरी कार उत्पादन गर्छ । कम्पनीले सन् २०१६ मा चार हजार कार उत्पादन गरेको थियो । सोही समयमै महँगो लक्जरी स्वेपटेल कार बनाएको उल्लेख छ । यो कार कुनै रोयल परिवारका लागि निर्माण गरेको हुनसक्ने अनुमान छ । कारमा दुईवटा सिटमात्र भएकाले राजपरिवारका दुईजना बस्नका लागि बनाइएको हुन सक्ने अनुमान गरिएको हो ।

कारको छत पूर्ण रूपमा प्यानारोमिक रहेको छ । कारको प्रत्यक ढोकाको भित्री भागमा काठ र लेदरले बनेका ल्यापटप होल्डिङ छ । यो कार २०औं सताब्दीको मोडलजस्तै देखिन्छ । यो कारको मालिक पुराना कार र प्लेन संकलन गर्न सौखिन पनि हुनसक्ने अनुमान छ ।

कोनिक्सेग सीसीएक्सआर ट्रेभिटा

विश्वकै महँगो कारको सूचीमा दोस्रो नम्बरमा आउँछ, कोनिक्सेग सीसीएक्सआर ट्रेभिटा । यो कारको मूल्य ४० लाख ८० हजार अमेरिकी डलर छ । यो कारमा हिरा जडान गरिएको छ । कारमा चमक ल्याउनका लागि प्रयोग गरिँदै आएको कार्बन फाइबरलाई विस्थापित गरेर यो कारलाई चम्काउन हिरा प्रयोग गरेको कम्पनीले जनाएको छ ।

यो कार डिजाइनमा पनि उत्कृष्ट छ । कारको डिजाइन विश्वमै सर्वाधिक रुचाइएको छ । कारमा प्रयोग भएको ४.८ लिटरको इन्जिन जडान गरिएको छ । यो कारमा ड्युल कार्बन रियर विङ, एयरब्याग, एबीएस कार्बन सेरामिक ब्रेक, प्याडल–सिफ्ट, इन्फोटेन्मेन्ट सिस्टमलगायत सुविधा छन् । कम्पनीका अनुसार यो कार कार्बन फाइबरमा आधारित भएर निर्माण गरिने हुनाले कार पूर्ण रूपमा तयार पार्न समय लाग्छ । यसैले यो मोडलमा जम्मा दुईवटा कारमात्र उत्पादन भएको कम्पनीले जनाएको छ ।

ल्याम्बोरघिनी भेनेनो रोडस्टर

इटालियन प्रिमियम कार निर्माता कम्पनी ल्यामबोरघिनी विश्वकै महँगा र तीव्र गतिका कार निर्माण गर्न प्रख्यात मानिन्छ । ल्याम्बोरघिनीको भेनेनो रोडस्टर विश्वको तेस्रो महँगो कारमा पर्छ । यसको मूल्य ४.५ मिलियन अमेरिकी डलर छ । कम्पनीले ५०औं वर्ष पूरा गरेको अवसरमा रोडस्टर निर्माण गरेको हो । स्पेनमा ‘भेनेनो’ शाब्दिक अर्थ ‘विष’ हो । शाब्दिक अर्थजस्तै यो कारको बनावट पनि घातक रहेको छ ।

यो कारको बनावट एलियन स्पेस क्याप्सुलजस्तै छ । कारमा ६.५ लिटर भी१२ सेभेन–स्पिड सिंगल क्लच आईएआर अटोमेटेड म्यान्युएल ट्रान्समिसन इन्जिन छ । आठ हजार चार सय आरपीएममार्फत कारले सात सय ४० हर्सपावर र ५०७ पाउन्ड–फिट टर्क उत्सर्जन गर्छ । कारले २.९ सेकेन्डमा ६० माइल प्रतिघण्टाको गति समात्न सक्ने कम्पनीको दाबी छ । यो कारको मोनोक्यू एलपी ७००–४ एभेन्टाडोरबाट प्रभावित भएर निर्माण गरिएको हो, जनु कार्बन फाइबरबाट बनेको छ । यो कार फुल अलह्विल–ड्राइभ सिस्टममा आधारित छ । यो कार अहिलेसम्म जम्मा नौवटा निर्माण गरिएका छन् । यो कारको मुख्य समस्या डिलरहरू हुन् । यो कार बिक्रेताले एक करोड १० लाख अमेरिकी डलरमा बिक्री गर्छन् ।

म्याकलरेन पी१ एलएम

म्याकलरेन्स पी१ एलएम विश्वका सबैभन्दा महँगो कारको सूचीमा चौथो स्थानमा छ । यसको मूल्य ३० लाख ६० हजार अमेरिकी डलर छ । यो कारलाई म्याकलरेन पी१ जीटीआरको विकसित मोडलका रूपमा लिइएको छ । ब्रिटिस फार्म ल्याजान्टेले यो कार निर्माण गरेको हो । उक्त फार्मले म्याकलरेनले निर्माण गरेको पुरानो कार म्याकलरेन पी१ जीटीआरलाई किनेर त्यसैमा आधारित भएर म्याकलरेन पी१ एलएमको निर्माण गरेको बताइएको छ ।

यो कार अमेरिका, जापान, युके, युएई लगाएत देशका सेलेक्टेड ग्राहकलाई लक्षित गरेर निर्माण गरिएको हो । यो कारमा म्याकलरेन पी१ जीटीआर र लेजेन्ड्री कार म्याकलरेन एफवान रोड कारसँग धेरै कुरा मिल्छ । यो कारमा सुनले वरिपरी घेरा लगाइएको छ । कारमा ३.८ लिटरको टुइन–टर्बो भी–८ इन्जिन प्रयोग गरिएको छ । यो कारले हजार हर्सपावर कार्बन उत्सर्जन गर्छ । कम्पनीले अहिलेसम्म यो कार पाँचवटामात्र निर्माण गरेको छ । र, निर्माण गरिएका सबै कार बिक्रीसमेत भइसकेका छन् ।

ल्याकन हाइपरस्पोर्ट

विश्वका सबैभन्दा महँगो कारको सूचीमा ल्याकन हाइपरस्पोर्ट कार पर्छ । यो कारको मूल्य ३० लाख ४० हजार अमेरिकी डलर रहेको छ । यो कारको हेडलाइट यूआरएम २४० १५–क्यारेटको हिराबाट बनाइएको छ । साथै, कारलाई आकर्षक बनाउन राखिएको एलईडी ब्लेड्स पनि २४० १५–क्यारेटको हिराबाटै बनाएको कम्पनीले जनाएको छ । आर्मीको गाडीमा प्रयोग गरिने आरमोरेड प्रयोग गरिए झैं देखिने कारको ढोका कैंचीको आकारमा खुल्छ ।

कारको भित्री डिजाइन कुनै साइन्टिफिक मूभिमा भएजस्तै देखिन्छ । यो कारलाई कम्पनीले पहिलो पटक हलिउड चलचित्र ‘फ्युरियस ७’ मा प्रयोगमा ल्याएको थियो । डब्लू मोटर्सले लेबनानमा निर्माण गरेको यो कार अरबकै पहिलो सुपर कार पनि हो । कारको डिजाइन आकर्षक छ । यो कारमा ३.८ लिटरको इन्जिन प्रयोग गरिएको छ । कारको अधिकतम गति २४० माइल प्रतिघन्टा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.