श्रेष्ठलाई यामाहा स्कुटर

श्रेष्ठलाई यामाहा स्कुटर

काठमाडौं : यामाहा बाइकको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नेपालको सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ। कम्पनीले १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार सम्मान गरेको हो।

तीसको दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पुर्‍याएको र महिला उद्यमशिलताको विकासमा महŒवपूर्ण भूमिका खेलेको भन्दै श्रेष्ठलाई कम्पनीले यामाहा स्कुटर प्रदान गरी सम्मान गरेको छ। एमएडब्लूका यामाहा डिभिजनका मार्केटिङ हेड प्रदीप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुरुवाती दिनमा स्कुटर चालकका रूपमा आफूले भोगेका अप्ठेरा र समस्याबारे अनुभव बाँडेकी थिइन। ‘थाइल्यान्ड बसाइका बेलामा त्यस्तो समस्या आएन, तर नेपाल फर्केपछि भने विभिन्न समस्या आइलागे, छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाका अगाडि स्कुटर चढेर हिँड्नु कम्ती चुनौतीपूर्ण थिएन’, वरिष्ठ सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठले भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो, जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिस थिए, तर घरपरिवारको साथ पाएर लामो समयसम्म स्कुटर चलाएँ।’

श्रेष्ठले स्कुटर चलाउँदा आफूलाई स्वतन्त्रता अनुभव गरेको पनि बताइन्। ‘पहिला बाइक नै थोरै हुन्थे। चालकहरू सबैजसो पुरुष हुन्थे। त्यो भीडमा म एक्लो महिला हुन्थेँ,’ उनले अगाडि थपिन्, ‘तर स्कुटरले गर्दा कामको सिलसिलामा यताउता जान सजिलो हुन्थ्यो। मेरो उद्यमशिलतालाई यहाँसम्म ल्याउन मेरो स्कुटरले अतुलनीय भूमिका निभाएको थियो।’

श्रेष्ठ अहिले नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कमिटीकी अध्यक्ष र सौन्दर्य कला व्यवसायी संघकी अध्यक्षसमेत छिन्।

कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रूपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए। ‘स्कुटरले महिला मात्र होइन पुरुषको पनि स्वतन्त्रता, आत्मविश्वास र सशक्तिकरणमा भूमिका खेलेको छ’, उनले भने।

यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियानअन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो। सोही अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरबाट सबै ब्रान्डका स्कुटरलाई निःशुल्क ‘वास’ गरिदिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.