अस्पतालमा अग्नि नियन्त्रण प्रशिक्षण

अस्पतालमा अग्नि नियन्त्रण प्रशिक्षण

स्याङ्जा : जिल्ला अस्पताल स्याङ्जा परिसरमा दिउँसो अचानक आगलागी भयो । अग्नि नियन्त्रक सुनिता भारद्धाजले हतारहतार अस्पतालभित्र भित्तामा अड्याएर राखेको अग्नि नियन्त्रण सिलिन्डर झिकेर ल्याइन् अनि त्यसभित्रको सुक्खा (ड्राई) पाउडर आगलागी भएको ठाउँमा फ्याकिन् । एकछिन त आगो झन बल्यो । त्यसपछि अर्को साथीले अर्को सिलिन्डर झिकेर ल्याइन् अनि त्यसैगरी बलेको आगोमा सिलिन्डरभित्रको पाउडरलाई आगोमा फ्याँकिन् । आगो कम हुँदै गयो । अन्नत ः दनदनी बलेको आगो निभ्यो ।

यसरी अचानक आगलागी भएमा प्राथमिक उपचारका लागि कसरी जुट्ने भनेर अग्नि नियन्त्रक भारद्धाजले अस्पतालका कर्मचारीलाई व्यावहारिक एवं सैद्धान्तिक प्रशिक्षण दिएकी हुन् । जिल्ला अस्पताल स्याङ्जाले आगलागी भएमा कसरी नियन्त्रण गर्ने भनेर अस्पतालका कर्मचारीलाई प्रशिक्षण दिएको हो । प्रायः अस्पतालका भित्तामा अड्याएर राखिने अग्नि नियन्त्रण सिलिन्डरको उपयोग कसरी र कहिले हुने भन्ने जानकारी हुँदैन । सिलिन्डरको प्रयोग कसले र कसरी गर्छ यी आममानिसको जिज्ञासाभित्र पर्छन् । तर, प्रशिक्षणपछि धेरैले यसबारे जानकारी पाए ।

वषौंदेखि आफ्नै कार्यालयको भित्तामा अड्याइएको सिलिन्डर देखाउँदै कार्यालय सहयोगीले आफूलाई त्यसको प्रयोगबारे जिज्ञासा राखेपछि अस्पताल प्रमुख डा. पोखरेलले अस्पतालका सबै कर्मचारीलाई अग्नि नियन्त्रणसम्बन्धी प्रशिक्षण आवश्यकताको महसुस गरेको बताए । प्रशिक्षणमा काठमाडौंबाट अग्नि नियन्त्रक पनि झिकाइएको थियो । अग्नि नियन्त्रक सुनिता भारद्धाजले सैद्धान्तिक एवं व्यावहारिक दुवै किसिमबाट सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।

कुनै पनि भवनमा अचानक आगलागी भए दमकल वा अग्नि नियन्त्रक घटनास्थल नपुगुन्जेलसम्म यस्ता सिलिन्डर उपयोग गर्न सकिने भारद्धाजले जानकारी दिएकी थिइन् । प्रशिक्षण निकै लाभदायी भएको अस्पतालले जनाएको छ । अग्नि नियन्त्रण सिलिन्डर भित्तामा टाँसेर राखेको वर्षौं भए पनि यस्तो प्रशिक्षण पहिलो पटक पाएको बताउँछिन् सिनियर नर्स मिठु रानाभाट ।

महिला अग्नि नियन्त्रक सुनिता भारद्धाजले कर्मचारीलाई व्यावहारिक कक्षा सञ्चालन गरेर अग्नि नियन्त्रणसम्बन्धी अभ्यास गराउन पाएकोमा खुसी व्यक्त गरिन् । अग्नि नियन्त्रणसम्बन्धी प्रशिक्षणपछि जिल्ला अस्पताल स्याङ्जाले अग्नि सुरक्षा अधिकारी र अग्नि वार्डेनसमेत तोकेर जिम्मेवारी दिइसकेको अस्पताल प्रमुख एवं डा. अमृत पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.