ज्याक स्यान्डरका पाँच फिल्म
![ज्याक स्यान्डरका पाँच फिल्म](https://annapurnapost.prixacdn.net/media/albums/zack-snyder-stopt-met-regie-justice-league-overlijden-dochter-5aa20996648116.29927063_UJO.jpg)
वाचम्यान
सन् २००९ मा बनेको यो फिल्म ज्याक स्यान्डरको उत्कृष्ट फिल्ममध्येको हो। मानौं उनी यही फिल्म बनाउन जन्मेका थिए। एलन मोर र डेभ जिबोन्सको कमिकमा आधारित यो फिल्म सन् १९८५ युनाइटेड स्टेट र सोभियत युनियनबीच भएको शीतयुद्धको कथा हो। सुपरहिरोको शैलीमा बनेको यो फिल्ममा निष्ठा र आदरलाइ बढी जोड दिइएको छ। फिल्ममा आत्मा र शरीरबीचको सम्बन्ध कतै नभएको हो कि जस्तो देखिन्छ। पात्रहरू किंवदन्तीमा आधारित छन्, जो यसबाट भाग्न असफल छन्। यसका भित्री पाटाहरू फिल्ममा देखिन्छन्। तर त्यो वाचम्यान नै रहन्छ।
जस्टिज लिग
डीसी कमिकमा आधारित अमेरिकन सुपरहिट फिल्म। यस फिल्म निर्माणमा निर्देशकले आफूले कहिल्यै गर्नु नपरेको सम्झौता गर्न पुगेका छन्। यो उनको महत्वाकांक्षी फिल्म पनि हो। जस्टिज लिगका कमजोरीहरू नै यसको बलियो आधार पनि बन्न गएको छ। सन् २०१४ मा बन्न सुरु भएको यो फिल्ममा ब्याटम्यान, वन्डर उमन, फ्यास अकुम्यान र साइबोर्गले सुपरम्यानको भूमिका निभाएका छन्, जसले पृथ्वीमा आउने खतरा र विपत्तिसँग लड्छन्। यो यस्तो फिल्म हो, जसको निर्माणमा अहिलेसम्मकै बढी लगानी गरिएको फिल्ममा दोस्रो स्थानमा पर्छ। यस फिल्मले संसारभरबाट ६५७ मिलियन डलर कमाउन सफल भएको थियो।
सकर पन्च
स्यान्डरको पहिलो यथार्थमा आधारित फिल्म एक्सन थ्रिलर फिल्म ‘सकर पन्च’ हो। फिल्मकी एक पात्र युवा महिला इमिली ब्रोउङ मानसिक संस्थामा आबद्ध छिन्। फिल्ममा उनी केही कुरादेखि भागिरहेकी छन्। उनी चार नर्तकी कैदीको साथमा रहन्छिन्। उनी सबै चीजबाट भाग्दै गर्दा एक कल्पनामा प्रवेश गर्छिन्। जसमा एक साधारण महिला शक्तिशाली र अनुभवी योद्धा बनेर निस्किन्छिन्। फिल्ममा यस्तो धेरै घटना छन्, जसले अब आउने पिँढीलाई समेत केही शिक्षा दिन्छ। यसमा महिला संस्कृतिभित्र बाँधिन बाध्य छिन्। संस्कृति एक यस्तो संस्था हो, जहाँ भित्र महिलालाई बन्द गरिन्छ।
ब्याटम्यान एन्ड सुपरम्यान : डान अफ जस्टिज
सुपरहिरोमा आधारित अर्को फिल्म हो, ‘डान अफ जस्टिज’। सन् २०१६ मा रिलिज भएको यो फिल्मको सुटिङ सन् २०१३ मै गर्न सुरु गरिएको थियो। स्यान्ड कमिक किताब ब्याटम्यानबाट प्रभावित भएर यो फिल्म बनाउन लागेका थिए। यो निकै राम्रोसँग बनाइएको फिल्म हो। फिल्ममा स्यान्डरले जबर्जस्त एक दृश्य राखेका छन्, जहाँ रगतले भरिएका सेटका टुक्राहरू छन्। यसमा नरसंहारका दृश्यहरू छन्। यो फिल्ममा सुपरम्यान र ब्याटम्यान एकै ठाउँमा छन्। एक आपराधिक मास्टर माइन्ड, जसले ब्याटम्यानलाई सुपरम्यानविरुद्ध लड्न उक्साउँछ।
म्यान अफ स्टिल
यो सुपरहिरो फिल्ममा आधारित छ। सुपरम्यानकै अर्को शृंखलामा रहेर बनाइएको यो फिल्ममा कल्र्क केन्टले एक ज्ञान सिक्छन्, जहाँ उनी मानव जातिको संरक्षण गर्ने प्लानेट क्रिप्टोनका महान् व्यक्ति हुन्छन्। र, त्यही व्यक्ति सुपरम्यान हुन्छ। यो फिल्म सन् २००८ मा नै बन्न सुरु भएको थियो। फिल्ममा अँध्यारो पक्ष बढी छ। यो भयानक फिल्ममा सम्भावित क्षतिलाई दर्शाइएको छ। लडाइँले मानिसको जीवनबाट निकै पर धकेलेको दर्शाइएको छ। सुपरम्यान एक चरित्र हो, जो जीवनको नैतिकताबाट बनेको छ र पृथ्वीमा जीवन सजिलो देखिरहेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)