आनन्दले सोधे-'तिमीलाई हिन्दी बोल्न आउँछ?'

आनन्दले सोधे-'तिमीलाई हिन्दी बोल्न आउँछ?'

अभिनेता सुनिल थापा त्यसबेला भारतमा थिए। फोटो पत्रकार र व्यवसायिक फुटबलर बन्ने सपना थियो। अभिनयमा कुनै शोख थिएन। एकदिन अचानक बलिउडका चर्चित कलाकार चेतन आनन्दसँग काम गर्ने अफर आयो। त्यसपछि सुनिलले ‘नाईं’ भन्न सकेनन्।

२०३१ साल, भदौको कुरा हो। सुनिललाई याद छ, त्यो दिन २१ गते थियो। उनी आफ्नो पहिलो चलचित्र ‘साबिह बहादुर’को सुटिङका लागि ट्याक्सी चढेर बम्बईको राजकमल स्टुडियोमा पुगे। देवानन्दले चेतनसँग सुनिलको परिचय गराइदिए। त्यसपछि सुनिललाई एउटा सट दिन लगाइयो। उनी जीवनमै पहिलो पटक क्यामेरा अघि उभिएका थिए। कौतुहला, डर र रोमाञ्चकता मिसिएको क्षण थियो त्यो।

निर्देशक आनन्दले सुनिललाई भनेको शब्द उनी अहिले पनि सम्झन्छन्। आनन्दले भनेका थिए, ‘तिमीलाई हिन्दी बोल्न आउँछ ? ’ त्यतिबेला १९ वर्षे जवान सुनिलले जवाफ दिएका थिए, ‘यो फिल्म हिन्दीमा बनाउन लाग्नुभएको होइन र ? ’ तुरुन्तै प्रतिउत्तर आएपछि निर्देशकले भनेका थिए, ‘यो केटो त साह्रै चलाख पो रहेछ।’

त्यो फिल्ममा सुनिलले विद्यार्थी युनियनका नेताको भूमिका पाएका थिए। उनले धेरै टेक लिएनन्। एकै टेकमा ‘ओके सिग्नल’ पाएका थिए। पहिलो सट दिँदा उनी हल्का नर्भस त भएका थिए। तर पत्रकार र खेलाडी पनि भएकाले आफूलाई नर्भस हुन दिएनन्।

सुटिङ सकिएपछि नायक देवानन्दले सुनिललाई राम्रो गर्‍यौ भन्दै बधाई दिएका थिए। त्यो फिल्ममा देवानन्द सहित प्रिया राजवंश, टम अल्टर, विक्की साहुलगायत थिए। फिल्मको सुटिङ स्टुडियोभित्रै भएको थियो। तर, त्यसबेला अभिनय भर्खरै सिक्दै गरेको मिथुन चक्रबर्ती, शक्ति कपुरलगायतका कलाकारहरु आफ्नो सुटिङ हेर्न आउने गरेको उनी सम्झन्छन्।

‘त्यसबेला अभिनय भर्खरै सिक्दै गरेको मिथुन चक्रबर्ती, शक्ति कपुरलगायतका कलाकारहरु हामीले सुटिङ गरेको हेर्न आउँथे।’

साबिह बहादुरमा उनले पहिलो पटक क्यामरा फेस गरे पनि स्टिल क्यामेरा भने धेरै फेस गरिसकेका थिए। उनी अन्य विभिन्न काम बाहेक मोडलिङ पनि गर्ने भएकाले क्यामेराको प्रकाशले उनलाई खासै नर्भस बनाउन भने सक्दैनथ्यो। आफ्नो पहिलो सुटिङमा जाँदा साधारण सर्ट र प्यान्ट नै लगाएर गएका सुनिलको कपाल भने त्यतिबेला अलि लामो नै थियो। फिल्मको सुटिङ गर्न झन्डै पाँच वर्ष लागेपनि चलचित्र पाँच घण्टा पनि नचेलेको इतिहास सम्झँदा भने उनलाई त्यति राम्रो लाग्दैन।

निर्देशक के बालाचन्दरलाई भेटेपछि उनलाई अर्को फिल्म ‘एक दुजेके लिए’मा अभिनय गर्ने अवसर जुर्‍यो। निर्देशक बालाचन्दरले भारतमा कमल हसन, रजनी कान्त, श्रीदेवी, जय पर्दालगायतका कलाकारलाई पर्दामा पहिलो पटक चिनाएका हुनाले यस्ता व्यक्तिसँग काम गर्न पाउँदा सुनिल पनि निकै उत्साहित भए। उक्त फिल्ममा उनले मुख्य खलनायककै भूमिका पाएका थिए। कमल हसन, रति अग्नीहोत्रीलगायतका कलाकारले अभिनय गरेका उक्त फिल्म बलिउड इतिहासकै एक चर्चित प्रेम कहानी बन्यो र त्यतिबेला चलचित्रले दर्शकमाझ धेरै नै तहल्का मचायो। यसपछि बलिउडमा सुनिलको यात्रा रोकिएन।

सुनिलले आफ्नो पहिलो नेपाली फिल्म ‘मसाल’को संवाद अझै बिर्सेका छैनन्। उनले सम्झँदै सुनाए, ‘मलाई माचेस सम्झेर फुकेर निभाउने कोशिस नगर्नुस् किनकी म मसाल हुँ, मसाललाई निभाउन खोज्यो भने झन् दन्केर जान्छ।’

एक दिन सिक्किमको ग्यान्टोकमा सुनिल, स्मिता पाटेल, राज बब्बरलगायत बलिउड फिल्म ‘सपत’को सुटिङका लागि त्यहाँ पुगेका थिए। त्यतिबेला नेपाली फिल्मका निर्देशक प्रताब सुब्बा आएर सुनिललाई नेपाली फिल्मको लागि प्रस्ताब राखे। चलचित्रको नायक तेज रसाइली र नायिका रजनी शर्मा थिए। उनको खलनायकको भूमिका नेपाली फिल्मको लागि पहिलो थियो। हिन्दीका प्रखर बक्ता सुनिलले सुटिङका क्रममा नेपाली संवाद पनि त्यति नै राम्रोसँग बोलेका थिए। चलचित्रमा काम गर्ने क्रममा निकै रमाइलो भए पनि चलचित्र काठमाडौंमा समेत रिलिज नै नभई बाहिरिएको थियो।

त्यतिबेला डिजीटल प्रविधिको प्रयोग नहुने भएकाले एक दुई टेकमै सट ओके गरिन्थ्यो। तर हिजोआजका अभिनेतालाई निर्देशकले धेरै ‘एक्सपेरिमेन्टल सटहरु’ गर्न लगाउने हुनाले कम्तीमा पनि ९, १० सट गर्नु पर्ने भएकाले कलाकार त ‘तोता’ जस्तै बनेको उनी सम्झन्छन्। एक कलाकारका लागि क्यामेरा अगाडि उभिएपछि जसरी हुन्छ राम्रो अभिनय नै गर्नु पर्ने भएकाले बलिउड होस् या नेपाली फिल्म दुवैमा काम गर्दा खासै अन्तर नपाएको पनि उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.