माटोको ढिस्कोले पुर्दा एकको मृत्युु, तीन घाइते

माटोको ढिस्कोले पुर्दा एकको मृत्युु, तीन घाइते

अछाम : अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा माटोको ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ । ढकारी ४ भिरमुण टोलका काला थापाका छोरा १४ वर्षीय राजेश थापाको माटोको ढीस्कोमा पुरिएर ज्यान गएको हो । उजीसँगै माटोको लागी संगै गएका नारायण थापा, लक्ष्मण थापा र भरत थापा घाइते भएका छन् । नारायण र लक्ष्मणको हात खुट्टा समेत भाचिएर गम्भीर घाइते भएका र भरत समान्य घाइते अबस्थामा रहेका वडा अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

गाउँबाट करिब ४ घण्टा टाढा भिरमुण खोलामा सेतो माटो ल्याउन उनीहरु त्यहा गएका थिए । घाइतेकोे बलाता स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाममा रिफर गरिएको छ ।

ज्यान गुमाएका राजेश मनकामना मावि बलातामा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्याक राम बहादुर साउदले बताए । घटनाकोबारे आवश्यक अनुसन्धानको कार्य अघि बढेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.