खतिवडा, विडारी र पौडेलले लिए सपथ
काठमाडौं : राष्ट्रपतिद्वारा मनोनित अर्थमन्त्री युवराज खतिवडासहित तीन जनाले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । शुक्रबार जेष्ठ सदस्य तारादेवी भट्टले अर्थमन्त्री खतिवडा, रामनारायण विडारी र विमला पौडेल(राई) लाई सपथ गराएकी हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि उनीहरुको सपथको बाटो खुलेको थियोे । वर्तमान ओली सरकारको सिफारिसमा तीन जनालाई राष्ट्रपतिले उनीहरुलाई मनोनयन गरेकी थिइन् ।