पाँच बिरुवा रोपे मात्र छोरीको जन्मदर्ता

पाँच बिरुवा रोपे मात्र छोरीको जन्मदर्ता

 

मलंगवा : चन्द्रनगर गाउँपालिकाले पाँच बोट बिरुवा रोपे मात्र छोरीको जन्मदर्ता गर्ने भएको छ। १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले यस्तो निर्णय भएको जानकारी दिएको हो।

गाउँलाई हराभरा र स्वच्छ बनाउनका लागि जन्मदर्ता लिनुभन्दा पहिले छोरीका नाममा पाँच बोट बिरुवा रोपेर मात्र सेवा लिन आउन गाउँपालिकाले आग्रह गरेको छ। चन्द्रनगरका अध्यक्ष महेन्द्र महतोले छोरीलाई शिक्षित बनाउनुपर्ने, २० वर्षपछि मात्र विवाह गर्नुपर्ने र जन्मदर्ता लिन पाँचवटा बिरुवा रोपेर मात्र आउन अभिभावकलाई आग्रह गरेका छन्। ‘हाम्रो गाउँपालिका उजाड बन्दै छ, बिस्तारै रूख–बिरुवा सखाप हुँदै छन्’, उनले भने, ‘गाउँपालिकालाई सुन्दर र स्वच्छ बनाउन सबैको पहल आवश्यक छ। हाम्रो सानो आग्रहले गाउँ फेरि पहिलेको अवस्थामा आउन सक्छ।’

 गाउँपालिकाले २० हजार र अभिभावकले पाँच हजार गरी बालिकाका नाममा बैंक खाता खोली २५ हजार जम्मा गरिदिने निर्णय पनि भएको छ।

जन्मदर्ताभन्दा पहिले अभिभावकले पाँच बोट बिरुवा रोप्नुपर्ने अनिवार्य रहेको उनले स्पष्टसमेत पारे। त्यसपछि गाउँपालिकाले २० हजार र अभिभावकले पाँच हजार गरी बालिकाका नाममा बैंक खाता खोली २५ हजार जम्मा गरिदिने निर्णय पनि भएको छ। बालिका शिक्षित र २० वर्ष उमेर पुगी विवाह गरे मात्र त्यो रकम बैंकबाट निकाल्न पाउने व्यवस्था गाउँपालिकाले गरेको उनले बताए।

प्रदेशसभा सदस्य उपेन्द्र महतोले छोरी शिक्षित भए मात्र समाज सम्पन्न हुने बताए। ‘आजकी छोरी भोलिकी बुहारी र आमा हुन्’, उनले भने, ‘आमा शिक्षित भए मात्र परिवार र समाज शिक्षित हुन सक्छ।’ वृक्षरोपण अभियानले गाउँको वातावरण स्वच्छ र गाउँ सुन्दर हुनेमा उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.