प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए विश्वासको मत
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएका हुन् । ६० प्रदेश सांसद रहेको प्रदेशसभाबाट ४१ मत मुख्यमन्त्रीको पक्षमा परेको छ ।
मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले मतदान गरे । उनको विपक्षमा १७ मत परेको छ ।