काठमाडौं र पोखरामा अष्ट्रेलियन एजूूकेसन फेयर
काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि प्रोफेसनल एजूूकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।फागुन २७ गते (मार्च ११) मा काठमाडौंको अन्नपूर्ण होटल तथा फागुन २८ गते ( मार्च १२ मा) पोखराको होटल पोखरा ग्रयाण्डमा मेला आयोजना गर्न लागिएको संस्थाका प्रबन्ध निर्देशक एसके श्रेष्ठले जानकारी दिए ।
प्रवन्ध निर्देशक श्रेष्ठका अनुसार मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण सुचना तथा जानकारी प्रदान गरिनेछ । ‘अष्ट्रेलिया गएपछि नेपाली विद्यार्थीले कुन विषय पढ्दा उपयुक्त हुन्छ, त्यस्ता विषय पढ्न कति शुल्क तिर्नुपर्छ, त्यस्ता विषयको अध्ययन समाप्त भएपछि स्वदेशी तथा विदेशी बजारमा रोजगारीका कस्ता कस्ता सम्भावनाहरु रहनेछन्,जस्ता विषयमा जानकारी दिइनेछ ।’ उनले भने ।
मेलामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय,, कलेज तथा शिक्षा उपलब्ध गराइरहेका संघसंस्थाका प्रतिनिधी स्वयम उपस्थित हुनेछन् । ‘विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधीबाट नै सत्यतथ्य सुचना लिन पाउने हुनाले मेला निकै उपयोगी हुने विश्वास गरेको छु’ श्रेष्ठले भने ।संस्थाका कार्यक्रम निर्देशक राजु सिंहका अनुसार मेलामा विद्यार्थीलाई नियमित सुचना दिनुको साथै अन्य सेवा पनि प्रदान गरिनेछ ।
मेलामा आउनुअघि नै दर्ता गर्ने विद्यार्थीलाई आइएलटीएस तयारी कक्षामा पचास प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक सिंहले जानकारी दिए ।
काठमाडौं र पोखरा दुवै सहरमा हुने मेलामा विश्वविद्यालयका प्रतिनिधी सहभागी हुनेछन् । सिंहका अनुसार अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज, चिसहोल्म इन्स्टिच्यूट, कर्टिन युनिभर्सिटी, डिकिन युनिभर्सिटी सहभागी हुनेछन् ।
त्यस्तै एजुकेसन सेन्टर अफ अष्ट्रेलिया, एडिथ कोवान युनिभर्सिटी, एडुको, ग्रिफफिट युनिभर्सिटी, इन्टरनेशनल कलेज अफ म्यानेजमेन्टसिड्नी, ला ट्रोव युनिभर्सिटी, म्याक्वेर युनिभर्सिटी, नभिटास, आरएमआइटी युनिभर्सिटी, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट , युनिभर्सिटी अफ न्यु इंगल्याण्ड, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, युनिभर्सिटी अफ साउथर्न क्वीन्सलयाण्ड, वेस्टर्न सिड्नी युनिभर्सिटी लगायत सहभागी हुनेछन् ।विगत २४ वर्षदेखि परामर्श सेवा उपलब्ध गराउँदै आएको उक्त संस्थाले नेपालमा तेस्रो पटक मेलाको आयोजना गर्न लागेको हो ।