विमानस्थलबाट सुन तस्करी गर्न खोज्ने तीनजना पक्राउ

विमानस्थलबाट सुन तस्करी गर्न खोज्ने तीनजना पक्राउ

काठमाडौं: वैदेशिक रोजगारीको सिलसिलामा सुन तस्करी गर्न खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार अपरान्ह सिनामंगल बस स्टपबाट मरुटोल बस्ने दिलिप शाहीलाई तीनवटा सुनको बालासहित नियन्त्रणमा लिएपछि थप रहस्य खुलेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाले शाहीलाई नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा उक्त सुन ललितपुर बुंमतिकी सुनिता खड्गीको रहेको रहस्य खुलेको थियो । कतारबाट तस्करी गरि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै भन्सारको चेकिङ पार गरी विमानस्थल बाहिर भारत मोतिहारीका मोहम्मद सहिवले खड्गीलाई दिएका थिए ।

वृत्तका अनुसार खड्गीले सुन शाहीलाई दिएकी थिइन् । प्रहरीले तीनैजनालाई पक्राउ गरी बरामद सुन (१३.५६ तोला)सहित कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन बुझाएको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए ।

बरामद सुनको नेपाली मूल्य सात लाख ८२ हजार नौ सय ६२ रुपैयाँ हुन आउँछ । पोखरेलका अनुसार विदेशमा बसेर सुन तस्करी गर्ने व्यक्तिले नेपाल फर्कने कामदारलाई पैसाको लोभ देखाएर विल बनाई सुन पठाउँदै आएका थिए ।

भरियाहरुले सुनको बाला ल्याएबापत ६ हजार पाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । एसएसपी पोखरेलका अनुसार डंगोलकी पति कतारमा बसेर अवैध ढंगबाट नेपालमा सुन तस्करी गर्दै आएको र हालसम्म १३ पटक सुनका बाला नेपालमा तस्करी गर्दै आएको अनुसन्धानबाट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.