मास्कले नथेग्‍ने राजधानीको धुलो (फोटो फिचर)

मास्कले नथेग्‍ने राजधानीको धुलो (फोटो फिचर)

काठमाडौं : कलंकी-कोटेश्वर सडक निर्माणकार्य समयमै नसकिँदा दैनिक हजारौँ स्थानीयवासी, यात्रु र सवारी चालक धुलोको मारमा परेका छन्। सडक निर्माणका क्रममा डोजरले खनेको बाटोमा अध्याधिक धुलो उड्दा सडकमा सँगै गुडेका सवारी साधन एक अर्का चालकले नदेख्ने गरी छोपिन्छन्।

२०७२ वैशाखअघि नै यो सडक स्तरोन्नतिको काम सक्ने बताएको भए पनि नाकाबन्दी र भूकम्पका कारण आठ लेनको सडक निर्माणमा ढिलाई भएको हो।

चिनियाँ सरकारको सहयोगमा सांघाई कन्टस्ट्रक्सनले यो सडक निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। कन्स्ट्रक्सनले कोटेश्वर, ग्वार्को हुँदै कलंकीसम्म १० किलोमिटर चक्रपथ स्तरोन्नतीको काम गरिरहेको छ।

पहिलो चरणमा कोटेश्वरदेखि एकान्तकुनासम्मको सडक पिच करिबकरिब सकिएको छ भने एकान्तकुनादेखि कलंकीसम्मको सडक निर्माणका लागि भत्काउने क्रम जारी रहेकाले सडक धुलाम्य बनेको छ। धुलाम्य सडक छिचोल्दै शुक्रबार दिउँसो बल्खु क्षेत्रमा पुगेर अन्नपूर्णकी फोटो पत्रकार सुनिता डंगोलले आफ्नो क्यामेरामा कैद गरेका तस्बिर :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.