पत्रकार मायालाई डब्लुडब्लुजेको सहयोग
काठमाडौं : क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले झापाकी क्रियाशील पत्रकार माया पकवाललाई उपचारको लागि आर्थिक सहयोग गरेको छ। दुवै मृगौलाले काम नगर्ने भएपछि मृगौला प्रत्यारोपणका लागि हाल भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपरण केन्द्रमा भर्ना भएकी पकवाललाई डब्लुडब्लुजेकी अध्यक्ष अमिका राजथलाले उक्त रकम हस्तान्तरण गरेकी हुन्।
डब्लुडब्लुजेकी झापा जिल्ला अध्यक्ष समेत रहेकी पकवाललाई उनकै जेठाजुले मृगौला दिने भएका छन्। उनको शल्यक्रिया यही आइतबार हुने भएको छ।