दर्ता हुन सकेन आर्थिक कार्यविधि विधेयक

दर्ता हुन सकेन आर्थिक कार्यविधि विधेयक

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा सचिवालयमा दर्ता गर्न लगेको आर्थिक कार्यविधि विधेयक शुक्रबार दर्ता हुन सकेन्। प्रदेशसभाको बैठकमा विधेयकलाई प्रवेश गराउनका लागि पहिला सचिवालयमा दर्ता गराउनु पर्ने र त्यसको ४८ घण्टा भित्र सदस्यलाई उपलब्ध गराएपछि मात्रै बैठकमा पेश गर्न मिल्ने व्यवस्था छ।

प्रदेशसभाको शुक्रबार बसेको बैठक सम्पन्न भए लगत्तै मन्त्री राउतले सचिवालयमा विधेयक दर्ता गराउन पुगेका थिए। तर, विधेयक भित्र केही त्रुटी भएको र पूर्ण रुपको विधेयक प्राप्त नभएको हुनाले दर्ता गर्न नसकिएको सचिवालयका सहसचिव रंजित यादवले बताए। उनले भने, ‘भएका त्रुटी सच्याएर ल्याइएपछि मात्रै दर्ता प्रक्रियामा जानेछ।’

यता, मुख्यमन्त्री राउतले अर्थ सचिव विशुकुमार श्रेष्ठ अनुपस्थित भएको कारण विधेयक दर्ता हुन नसकेको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री राउतले भने, ‘अर्थ सचिव छैनन्, विधेयमा केही टिप्पणी उठाउन बाँकी रहेको हुनाले दर्ता भएन्। शुक्रबार सचिवालयमा विधेयक दर्ता नभएपछि २७ गते बोलाइएको प्रदेशसभाको बैठकमा आर्थिक कार्यविधि विधेयकले प्रवेश पाउन नसक्ने भएको छ।

शुक्रबार सम्पन्न भएको प्रदेशसभाको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र पढेर सुनाएका थिए। बैठक पाँच मिनेट बसेर स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.