‘कर्मचारीको सहयोग नभए काम गर्नै सकिन्न’

‘कर्मचारीको सहयोग नभए काम गर्नै सकिन्न’

हेटौंडाः तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीले सहयोग नगरे प्रदेश सरकारले काम गर्न नसक्ने बताएका छन् ।

स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालको शुक्रबार हेटौँडामा भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफुले कर्मचारीसँग पूर्ण सहयोगको अपेक्षा गरेको बताए ।

जनप्रतिनिधि नभएको अवस्थामा पनि स्थानीय तहका कर्मचारीले उत्कृष्ट काम गरेको भन्दै पौडेलले देशको समृद्धि कर्मचारीको साथ विना संभव नभएको बताए ।

‘कर्मचारीले जति धेरै सहयोग गर्छ उति नै चाँडो समृद्ध नेपाल निर्माण गर्न सकिन्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘उत्कृट काम गर्ने कर्मचारीहरुको प्रदेश सरकारले मुल्याङ्कन गर्छ ।’ साथै उनले स्थानीय तहका कर्मचारी र निजामती कर्मचारीबिच भेदभाव नहुने बताए । ‘कर्मचारी समान् हुन्, कसैलाई काखा कसैलाई पाखा गरिन्न’, उनले भने ।

कार्यक्रममा बोल्दै स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष विक्रम महर्जनले राज्यले स्थानीय तहका कर्मचारीलाई उपेक्षा गरेको गुनासो गरे । ‘निजामती र स्थानीय तहका कर्मचारीलाई राज्यले विभेदकारी नीति अवलम्वन गरेकाले हामी वर्षौदेखि पीडित बन्दै आएका छौं’, उनले भने,‘सबैलाई समान ब्यवहार गर्ने कानून निर्माणको लागि म प्रदेश सरकारसँगआग्रह गर्छु ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल लगाएतले बोलेका थिए ।

भेलाको अवसरमा स्थानीय तह कर्मचारीबाट हाल कैलाश गाउँपालिका अध्यक्ष भएका टंक मोक्तानलाई सम्मान गरिएको थियो । उनी स्थानीय तह निर्वाचन अघि मकवानपुरको साविक भार्ता गाविसका सहायक सचिव थिए । भेलामा देशका ७७ जिल्लाका दुई सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फोटो क्याप्सन ः
१) भेलालाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेल ।
२) भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेल ।
३) भेलामा सहभागि अतिथिहरु ।
४) भेलामा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई सम्मान गरिँदै । फोटो÷कृष्ण सारु मगर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.