राजधानीबाट धमाधम स्कुटर चोरी, तीन पक्राउ

राजधानीबाट धमाधम स्कुटर चोरी, तीन पक्राउ

काठमाडौँ: नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङबाट नक्कली साँचो प्रयोग गरी स्कुटर चोरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौँका रोशन जोशी र सिन्धुलीका सुशान आले मगरलाई चोरी गरिएका तीन थान स्कुटरसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रहरीले अभियुक्तका साथबाट बा ५३प ३३९१, ग५प १९१७ र बा५३प ३६२५ नंका स्कुटर बरामद गरेको छ । चोरी गरी ल्याइएका स्कुटरसहित अभियुक्तलाई बिहीबार पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.