‘डोटी नै उपयुक्त राजधानी’

‘डोटी नै उपयुक्त राजधानी’

दिपायल : प्रदेश ७ को राजधानी डोटीको दिपायल उपयुक्त स्थान रहेको सामाजिक विकास मन्त्री दीर्घ सोडारीले बताएका छन् । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री सोडारीले उक्त कुरा बताएका हुन् । ‘प्रदेश राजधानीका लागि दिपायल उपयुक्त स्थान हो’, मन्त्री सोडारीले भने, ‘तत्कालीन सरकारले डोटीको भावनाविपरीत निर्णय गरेको छ, अब संवैधानिक निर्णय भएकाले के हुन्छ भन्न सकिँदैन ।’

‘डोटी राजधानी बनाउन संसद्मा दुईतिहाइ बहुमत हुनुपर्छ’, मन्त्री सोडारीले भने, ‘धेरैजसो सांसद तराईका भएकाले डोटीको समर्थनमा दुईतिहाइ पुग्छ÷पुग्दैन अहिले भन्न सकिने अवस्था छैन ।’

प्रदेशको नामकरणका विषयमा समेत चर्चा चलिरहेका बेला मन्त्री सोडारीले नामकरणमा समेत केही विवाद आउन सक्ने बताए । ‘विभिन्न खलो नाम आइरहेका छन्’, उनले भने, ‘हामी विवेकपूर्ण तरिकाले निर्णय गर्छौं, त्यसले सबै ठाउँका जनताको चित्त बुझोस् ।’

मन्त्री सोडारीले नगर विकासमा सबै एक भएर लाग्नुपर्ने र आन्तरिक स्रोत बढाउन सके नगरपालिका आफैं विकासको गतिमा अघि बढ्ने बताए । अर्को प्रसंगमा उनले जिल्ला अस्पतालमा भएको घटनाबारे आफू गम्भीर रहेको बताए । ‘करिब २० दिनदेखि जिल्ला अस्पताल बन्द छ र जिल्लामै डाक्टर छैनन्’, उनले भने, ‘मेरो मन्त्रालयले नै स्वास्थ्य क्षेत्र हेर्ने भएकाले आफैंले डाक्टर लिएर आएको छु, आजैदेखि डाक्टरले सेवा दिनेछन् ।’

‘डाक्टरको सुरक्षाका लागि सबैले सहयोग गर्नुपर्छ’, मन्त्री सोडारीले भने, ‘डाक्टर, इन्जिनियरलगायत प्राविधिक व्यक्तिहरू कम रहेकाले यिनीहरू महँगा हुन्छन्, त्यसैले यिनीहरूको सुरक्षा बढाएर राख्नुपर्छ ।’ यसमा सबैको सहयोग चाहिने उनले बताए ।

नगरपालिकाले २०७४ भदौ २९ गते सम्पन्न प्रथम नगरसभाबाट चालु आवको अनुमानित आय÷व्यय विवरण, योजना, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यो ६ महिनाको अवधिमा उक्त कुराहरूको कार्यान्वयनका विषयमा समीक्षा गर्नसमेत दोस्रो नगरसभा आयोजना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताइन् । जनप्रतिनिधिहरू आइसकेपछि नगरपालिकामा लागु भएका योजना तथा कार्यक्रम जनमुखी तथा समान तरिकाबाट लागु भएको मलासीले बताइन् ।

४६९ वटा योजनामा ७२ वटा मात्र सम्पन्न

प्रदेश ७ को सबैभन्दा पुरानो दिपायल–सिलगढी नगरपालिकाको चालु आवमा स्वीकृत जम्मा ४ सय ६९ वटा योजना तथा कार्यक्रममध्ये ६ महिनाको अवधिमा ७२ वटा योजना मात्र सम्पन्न भएका छन् ।

२०७४ असोज १ गतेदेखि हालसम्म नगरपालिकाका नौ वटै वडा तथा नगरपालिकाबाटै लागु भएका उक्त योजनाहरूमा ७२ वटा योजना मात्र सम्पन्न भएका दोस्रो नगरसभामा नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए । सभ्य र भव्य नगर स्थापना गर्न विभिन्न आठ वटा क्रियाकलाप अघि बढाइनेसमेत खड्काले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.