बालविकास केन्द्र व्यवस्थापनमा चुनाैती

बालविकास केन्द्र व्यवस्थापनमा चुनाैती

तौलिहवा : शिक्षा मन्त्रालयको निर्देशनअनुसार स्थानीयस्तरमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापन गर्न कपिलवस्तुमा समस्या देखिएको छ। गाउँ बस्तीमा सञ्चालन गरिएका बाल विकास केन्द्र नजिकैको विद्यालयमा गाभ्ने मन्त्रालयको निर्देशनपछि अहिले बालविकास केन्द्र विद्यालयमा धमाधम गाभिन थालेका छन्। सबभन्दा बढी यशोधरा गाउँपालिकाको तिर्तिखीस्थित नेपाल राष्ट्रिय निमाविमा ५ वटा बालविकास केन्द्र गाभिएका छन्।

विद्यार्थी संख्या न्यून रहेको सो विद्यालयमा बालविकास केन्द्र गाभिँदा विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिएका छन् भने व्यवस्थापनमा उत्तिकै समस्या आएको छ। विद्यालय व्यवस्थापन समितिले कार्यरत विद्यालय सञ्चालन गर्न समस्या भइरहेका बेला बालविकास केन्द्रका शिक्षक पनि थपिएपछि व्यवस्थापनमा समस्या भएको जानकारी दिए। तिर्तिखीजस्तै जिल्लामा प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापनमा कठिनाइ भएको छ। बुद्धभूमि नगरपालिकाको भेलाइस्थित सिद्धार्थ स्मारक उमाविमा ४ वटा एवं भिल्मीस्थित जनता निमावि कर्मामा पनि ४ वटा बाल विकास केन्द्र गाभिएका छन्।

जिल्लामा कुल ५ सय २८ बाल विकास केन्द्र थिए। विद्यालयमा आधारित ३ सय ४० र समुदायमा आधारित १ सय ८८ केन्द्र थिए। त्यसमध्ये ५ सय १६ सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। समुदायमा रहेका बाल विकास मापदण्डअनुसार नरहेका र केन्द्रका सहजकर्ताले समेत नियमित पठनपाठन नगरेको गुनासो आएपछि मन्त्रालयको निर्देशनअनुसार समुदायमा रहेका केन्द्रलाई नजिकैको विद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले जानकारी दिए।

मापदण्डअनुसार आफ्नै घरमा सञ्चालन नभएका बाल विकासलाई नजिकको विद्यालयमा सार्ने शिक्षाको निर्देशनपछि झनै समस्या देखिएको हो। मन्त्रालयले दुई वर्षअघि दिएको निर्देशनअनुसार शिक्षा कार्यालयले समुदायमा रहेका त्यस्ता बाल विकासलाई विद्यालयमा सारेको जिशिअ पराजुलीले बताए। बाल विकास केन्द्रलाई व्यवस्थित गर्न चालिएको सो कदमले झनै समस्या उब्जिएको व्यवस्थापन समितिको भनाइ छ। एउटै विद्यालयमा ५ वटासम्म बाल विकास केन्द्र गाभिएपछि यस्तो समस्या देखिएको हो।

बाल विकासको प्रत्येक केन्द्रमा २० देखि ३० जना ३ देखि ५ वर्षसम्मका बालबालिका हुनुपर्ने प्रावधान छ। शिक्षा कार्यालय चैतपछि नरहने र त्यसपछि शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिइने भएको छ। यस्तो अवस्थामा बाल विकास केन्द्रको व्यवस्थापन अझ चुनौतीपूर्ण हुने गौतमबुद्ध मावि गोरुसिंगेका प्रधानाध्यापक रामप्रसाद अर्यालको भनाइ छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर घटेकाले विद्यार्थीको संख्या न्यून भएको छ।

विगतमा राजनीतिक दबाबका आधारमा बाल विकास केन्द्र खोलिएको र आफन्तलाई सहजकर्ता बनाई भर्ना गरिएकाले अहिले त्यसको व्यवस्थापनमा समस्या आएको शिक्षक बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.