माझी बस्तीका विपन्नले पाए घर

माझी बस्तीका विपन्नले पाए घर

 

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-११ स्थित भिमटारकी ७० वर्षीया हर्कमाइ माझीलाई २०७२ वैशाख १२ को भूकम्पपछि आफ्नै सुरक्षित घरमा बस्न पाइन्छ भन्ने कल्पना पनि थिएन।

भूकम्पले परम्परागत घर भत्काएपछि छिमेकीको सहायतामा बनेको पानी चुहिने छाप्रोमा बस्दै आएकी उनलाई घाम पानी नथेग्ने टहरोमै जिन्दगी बिताउनुपर्ने चिन्ता थियो। १४ वर्षअघि श्रीमान् बितेपछि ज्याला मजदुरी गरेर पेट पाल्दै आएकी हर्कमाइ स्थानीय साझेदार ग्रामीण समाज कल्याण संघको समन्वयमा वल्र्ड भिजन इन्टरनेसनलले घर बनाइदिएपछि अत्यन्तै खुसी भएकी छन्।

स्थानीय प्रशासनको अनुमति लिएर वल्र्ड भिजनले सीमान्तकृत माझी बस्तीका एकल महिला, ज्येष्ठ नागरिक र अपांगगहरूलाई लक्ष्य गरी सम्पूर्ण लगानीमा दुईकोठे भूकम्पप्रतिरोधी घर निर्माण गरिदिएको हो। वल्र्ड भिजनको सहयोगमा सीमान्तकृत माझी बस्तीमा २६ घर निर्माण भएका छन्।

‘संस्थाले घर नबनाइदिएको भए मेरो जीवन छाप्रामै बित्थ्यो’, हर्कमाइले भनिन्, ‘आफू काम गर्न पनि नसक्ने, पैसा पनि छैन कसरी घर बनाउन सक्थें र ? ’ गाउँलेले छानेकामध्ये असहाय वर्गभित्र परेपछि सम्पूर्ण खर्च बेहोरेर घर बन्दा आफ्नो लागि भगवान् नै आए साबित भएको हर्कमाइ बताउँछिन्। हर्कमाइ जस्तै ६० वर्षीया दिलकुमारी माझी पनि संस्थाले घर बनाइदिएपछि आफ्नो छाप्रोको बास हटेको बताउँछिन्। वृद्ध श्रीमान् र स्कुल पढ्दै गरेको छोराको साथ छाप्रोमा कष्टकर दैनिकी बिताउँदै आएकी दिलकुमारी घर पाएपछि आफूलाई सुरक्षित महसुस गर्न थालेकी छन्। सातदेखि आठ लाख रुपैयाँ लगानीमा बनेको घर आफ्नो लागि स्वर्ग साबित भएको दिलकुमारीले बताइन्।

घामले तात्ने र पानी पर्दा भिज्ने त्रिपालबाट मुक्ति पाएकोमा आफ्नो उमेरसमेत बताउन नसक्ने विशु माझी पनि खुसी छिन्। नातिलाई साथी राखेर एकल जीवन बिताउँदै आएकी माझीलाई वल्र्ड भिजनले घर बनाइदिएपछि त्रिपालको बासबाट मुक्ति पाएकी हुन्।

पुनर्निर्माण प्राधिकरणको स्वीकृतिमा भीमटार, एक्लेफाँट, पौवाथोक र गैह्राथोकमा निजी आवास पुनर्निर्माणको काम गरिरहेको वल्र्डभिजनले घर बनाउन नसक्ने भीमटारका २६ सहित ५० परिवारलाई सम्पूर्ण खर्च बेहोरेर घर बनाइदिएको वल्र्ड भिजनकी समुदाय पहुँच अभिवृद्धि संयोजक सावित्री पुरीले बताइन्। ‘स्थानीय समुदायले छनोट गरेका लक्षित वर्गका लागि घर निर्माण गरिएको छ।’ उनीहरू आफैंले घर बनाउन नसक्ने देखिएपछि समुदायको आग्रहमा स्थानीय प्रशासनसँग अनुमति लिएर घर बनाइदिएको परियोजना संयोजक द्वारिका घिमिरेले जानकारी दिए। सातदेखि आठ लाख रुपैयाँको लागतमा बनेको घरले आर्थिक हैसियत कमजोर भएकाहरूको मुहारमा खुसी छाएको छ, घिमिरेले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.