दर्ता भएकै दिन मुद्दा फैसला

दर्ता भएकै दिन मुद्दा फैसला

 

विराटनगर : जिल्ला अदालत मोरङले लागुऔषधसम्बन्धी मुद्दा फैसला एकै दिनमा गरेको छ।अदालतले शुक्रबार दर्ता भएका लागुऔषधसम्बन्धी दुई मुद्दाको त्यही दिन फैसला गरेको हो। जिल्ला अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतका स्रेस्तेदार नवराज दुलालले भने, ‘एउटा मुद्दामा एक महिना १५ दिन र अर्कोमा एक महिना १५ दिन कैद तथा एक हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला भएको छ।’

भारतको जोगबनीबाट लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका मोरङको बेलबारी नगरपालिका-१ का २१ वर्षीय सनम भनिने हेमन्त राईको मुद्दामा मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले एक महिना १५ दिन कैदको फैसला सुनाएको हो। उनी पुस २५ गते पक्राउ परेका थिए।

प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा मुद्दा दर्ता भएको थियो। लागुऔषध सेवन मुद्दामै सुनसरीको धरान उपमहानगर-९ का १८ वर्षीय सुरज भुजेललाई एक महिना १५ दिनको कैद सजाय र एक हजार पाँच सय रुपैयाँ जरिवाना न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट भएको छ। भुजेल लागुऔषधसहित माघ २ गते पक्राउ परेका थिए।

दुवैले बयानमा आफूहरू लागुऔषध कारोबारी नभएको र सेवनका लागि मात्रै लिएर आएको उल्लेख गरेका छन्। ‘यस्ता मुद्दा फैसला नगरी पछिलाई राख्न पनि सकिन्छ,’ न्यायाधीश खतिवडाले भने, ‘तर सेवनकै लागि लागुऔषध ल्याएको भनेर दाबी पेस भएको र उनीहरूको बयानले पनि दाबी पुष्टि गरेपछि मुद्दाको किनारा तत्काल लगाउन सकियो।’ कतिपय यस्ता मुद्दामा दाबी र बयान नमिल्ने भएका कारण तत्काल टुंगो लगाउन नसकिने अवस्था रहने खतिवडाले बताए।

प्रकृति हेरेर लागुऔषधसम्बन्धी कतिपय मुद्दा पछि टुंगो लगाउने गरी तारेखमा छाड्नुपर्ने वा पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने अवस्था पनि आउने जानकारी दिँदै खतिवडाले भने, ‘दर्ता भएका मुद्दा चाँडो किनारा लगाउनुपर्छ भन्ने मान्यताका आधारमा यो फैसला गरिएको हो।’

खतिवडाले दुई महिनाको अवधिमा १० वटा मुद्दाको किनारा दर्ता भएकै दिन लगाउन सकिएको बताए। जस्तोसुकै मुद्दा भए पनि १८ महिना कटाउन नहुने मान्यताका आधारमा अदालत अघि बढेको खतिवडाले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.