भुटानकी महारानी तिलौराकोटमा

भुटानकी महारानी तिलौराकोटमा

तौलिहवा : बुद्धस्थल अवलोकन भ्रमण गर्न भुटानकी महारानी आसीसाङ्दे छोडेङ वाङ्चुक शुक्रबार कपिलवस्तु आएकी छन्। बिहीबार दिउँसो कपिलवस्तु आएकी वाङचुकले निग्रोधराम कुदान र बुद्धको क्रीडास्थल तिलौराकोट दरबारको अवलोकन गरेकी छन्। महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक कपिलवस्तु आउँदा आमा–बुबासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल निग्रोधराम, २९ वर्ष बिताएको ठाउँ तिलौराकोट र यहाँ उत्खनन गरिएका पूर्वी र पश्चिमीद्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेकी हुन्।

महारानी बाङ्चुकले अवलोकन गरेको तिलौराकोटमा हालै गरिएको उत्खननले प्राचीन तिलौराकोट दरबारको थप प्रमाण भेटिएका छन्। तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको हो। बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहास छ तर त्यसभन्दा अघि नै यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए।

अवलोकनपश्चात् पुरातातात्विक क्षेत्र उत्खनन कार्यमा पुरातत्वविद्को भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन्। यसअघि, शुक्रबार बिहान महारानी वाङ्चुकलाई निग्रोधराम कुदानमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतले स्वागत गरेका थिए। निग्रोधराम कुदान र तिलौराकोट दरबार क्षेत्रबारे पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङचुकलाई पथ प्रदर्शन गरेका थिए। लुम्बिनी भ्रमणमा रहेकी उनी तिलौराकोट अवलोकन गर्न कपिलवस्तु आएकी हुन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.