अफगानिस्तानविरुद्ध शरद र दिलनाथको ठाउँमा अनिल र करणको इन्ट्री
काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत अफगानिस्तानविरुद्धको खेलमा अनिलकुमार शाहले ओपनरका रुपमा इन्ट्री गरेका छन् ।
उपकप्तान ज्ञानेन्द्र मल्लसँगै उनलाई नेपाली टिमका तर्फबाट ओपनिङमा उतारिएको हो । टस जितेर पहिले ब्याटिङमा जाने निर्णयसँगै नेपालको ओपनिङ ज्ञानेन्द्र र अनिलको काँधमा दिइएको हो ।
जिम्बाब्वेविरुद्धको पहिलो र स्कटल्यान्डविरुद्धको दोस्रो खेल गुमाइसकेको नेपाली टिमले अफगानिस्तानविरुद्ध दुई नियमित खेलाडीलाई प्लेइङ सेटमा राखेको छैन ।
शरदको ठाउँमा करण केसीलाई उतारिएको छ । दुई खेल गुमाएको नेपाल अघिल्लो चरणमा जानका लागि आजको खेलमा जित्नैपर्ने बाध्यतासहित मैदानमा उत्रिँदैछ । नेपालले दुई खेल हार्दा अफगानिस्तानले पनि तीन खेलमा पराजय भोगिसकेको छ ।