महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित
![महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित](https://annapurnapost.prixacdn.net/media/albums/Krishnabahadur-mahara-5aa39d34b29482.33797284_IMp5nH1w8e.jpg)
काठमाडौँः नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको थियो। सभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि संघीय संसदको पहिलो सभामुख महरा बनेका हुन् ।
दाङ क्षेत्र -२ बाट निर्वाचित महरा पटक-पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)