पारस र ज्ञानेन्द्रको ९८ रनको साझेदारी
काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरेका छन् । ज्ञानेन्द्र मल्ल आउट भएपछि
अहिले ब्याटिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् । पारस खड्का ७९ बलमा ७३ रन बनाएर खेलिराखेका छन् ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ज्ञानेन्द्र आउट भएसँगै दुई विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् ।
ज्ञानेन्द्र मल्ल २५ औँ ओभरको अन्तिम बलमा आउट भएका हुन् । मल्ल ६९ बलमा २३ रन बनाएर आउट भए । उनललाई रसिद खानले आउट गरेका हुन् ।
अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।