नेपाललाई चौथो झड्का, रोहितकुमार आउट
काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले चौंथो विकेट गुमाएको छ । पछिल्लो विकेटका रुपमा रोहितकुमार पौडेल आउट भएका हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भइसकेका छन्।
नेपालका लागि कप्तान पारसले ८८ बलमा १० चौका र एक छक्काको मद्दतमा ७५ रन बनाए । खड्कालाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरे ।नेपालको पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् ।
अहिले ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् । दीपेन्द्रले ३१ बलमा तीन चौका र छक्काको मद्दतमा २६ रन बनाएका छन् । ३४ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १३९ रन बनाएको छ ।
अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।