चट्याङबाट एकको मृत्यु
तेह्रथुम : संंखुवासभाको सुकेबजारमा चट्याङ लागेर एक युवाको मृत्यू भएको छ । शुक्रबार साँझ परेको चट्याङले चैनपुर नगरपालिका एक भोटखोला थुदामका २६ वर्षीय छिरिङ दोर्जे शेर्पाको ज्यान गएको हो ।
चट्याङबाट घाइते भएका छिरिङको उपचारका लागि अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गुफाबजारले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याइएको छ ।