नेपाललाई पाँचौं झड्का : दीपेन्द्र आउट
काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । पछिल्लो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका हुन् । यसअघि रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भइसकेका छन्।

नेपालका लागि कप्तान पारसले ८८ बलमा १० चौका र एक छक्काको मद्दतमा ७५ रन बनाए । खड्कालाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरे ।नेपालको पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् ।
दीपेन्द्र तीन चौका, एक छक्काको मद्दतमा ४१ बल खेल्दै ३२ रन बनाएर आउट भएका हुन् । अहिले ब्याटिङमा आरिफ शेख र सोमपाल कामी छन् । ३७ ओभरको समाप्तिमा नेपालले पाँच विकेटको क्षतिमा १५० रन बनाएको छ ।
अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।