दलित उद्योग बाणिज्य संघ गठन
काठमाडौं : दलित समुदायको आर्थिक र सामाजिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना भएको छ। पूर्ण नेपालीको अध्यक्षतामा १८ सदस्यीय दलित उद्योग बाणिज्य संघ गठन गरिएको छ।
संघको उपाध्यक्षमा रमेश रसाईली, महासचिवमा अर्जुन गहतराज, कोषाध्यक्षमा बुद्धिलाल पासवान चयन भएका छन्। संघको सदस्यमा धनाकुमारी ओड, अमृत विश्वकर्मा, मिसन रसाईली, लक्ष्मण घतानी,रमेश परियार, टिकाराम विश्वकर्मा, कुमारी परियार, देविन गहतराज, राजकुमार सुनार, पत्रबहादुर दमाई, लक्ष्मी खापहेली, कृष्णबहादुर नेपाली, चक्र सुनार र प्रेमसिंह नजाला रहेका छन्।
नवगठिन संघले शनिबार पत्रकार सम्मेलन गरेर दलित समुदायको आर्थिक स्तर माथि उठाउने उद्देश्यले दलित उद्योग बाणिज्य संघको स्थापना गरेको जनाएको छ। राजनीति बिचार भन्दा बाहिर रहेर दलित वर्गलाई पुरानो पेशा व्यवसायबाट सम्पन्न बनाउन नयाँ रणनीति तयार गर्न नवगठित समितिका अध्यक्ष नेपालीले प्रष्ट पारेका छन्।
अध्यक्ष नेपालीले भने,‘हामी कुनै बिचारको डोरीमा बाँधिदैनौं, हाम्रो मुख्य लक्ष्य दलित समुदायका उद्योगी व्यवसायीको हकहितमा काम गर्ने, दलित समुदायको आर्थिक क्षमता विस्तार गर्ने, संगठित रुपमा अघि बढ्ने र मुलुकको आर्थिक अभियानमा साथ हो ।’