नेपाललाई सातौं झड्का : ४४ औं ओभरमा दुई विकेट गयो
काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले सात विकेट गुमाएको छ। ४४ औं ओभरमा नेपालका ब्याट्सम्यान सोमपाल कार्मी र अरिफ शेख क्याच आउट भएका छन्। यसअघि दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भइसकेका छन्।
अन्तिम छ र सात विकेटको रुपमा आउट भएका अरिफ शेखले ३६ बलमा २३ रन बनाए भने सोपाल १५ बलमा ९ रन बनाएर क्याच आउट भए।
नेपालका लागि कप्तान पारसले ८८ बलमा १० चौका र एक छक्काको मद्दतमा ७५ रन बनाए। खड्कालाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन्।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाए। उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरे।नेपालको पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए। शाहलाई मुजिव रहमानले आउट गरेका हुन्।
दीपेन्द्र तीन चौका, एक छक्काको मद्दतमा ४१ बल खेल्दै ३२ रन बनाएर आउट भएका हुन्। अहिले ब्याटिङमा करण केसी र बसन्त रेग्मी छन्। ४६ ओभरको समाप्तिमा नेपालले सात विकेटको क्षतिमा १८१ रन बनाएको छ।
अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।