डिभाइन स्कुलको अभिभावक दिवस

डिभाइन स्कुलको अभिभावक दिवस

काठमाडौं : व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थापना भएको डिभाइन स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ। टोखा नगरपालिका-३, टोखामा रहेको विद्यालयले प्रा.डा. रामप्रसाद ज्ञवाली, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

प्ले गु्रप-नर्सरीदेखि कक्षा–२ सम्म अध्ययन हुने विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बालबालिकाको प्रस्तुतिबाट प्रभावित भई प्रमुख अतिथि ज्ञवालीले सिकाइलाई व्यावहारिक पक्षलाई जोड दिएकोमा विद्यालयको प्रशंसा गरेका थिए।

टोखा नगरपालिकाका प्रमुख अधिकारीले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गरेका थिए। अभिभावकले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.