खानेपानीका लागि ‘न्वाला’ संरक्षण अभियान

खानेपानीका लागि ‘न्वाला’ संरक्षण अभियान

डडेल्धुरा : हिउँद नसकिँदै पानीका स्रोत सुक्दै जान थालेपछि जनप्रतिनिधिहरू खानेपानीको जोहो गर्न न्वौला (कुवा) संरक्षण अभियानमा जुटेका छन् । जिल्लामा खानेपानी व्यवस्थापनका लागि प्राचीन, धार्मिक तथा ऐतिहासिक कुवा प्रचलनमा थिए । अजयमेरु गाउँपालिका–४ चिपुर र ५, ६ देवलका विभिन्न गाउँमा रहेका कुवा संरक्षण गरिएको चिपुरका दिनेश भाटले जानकारी दिए ।

पानीका अन्य मूल सुक्न थालेपछि गाउँमा पानीको समस्या आउन नदिन परापूर्वकालमा निर्माण भएका यस्ता कुवा सरक्षण गरी धार्मिक महŒवसमेत जोगाउन गाउँपालिका लागिपरेको अजयमेरु गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज पौडेलले बताए । धेरै लगानी पनि लगाउनु नपर्ने र वर्षभरि पानी खान पनि हुने भएकाले कुवा संरक्षणमा लागेको अधिकृत पौडेलले जानकारी दिए ।

जिल्लाका पुराना कला र शैलीमा निर्मित कुवाहरूमा मौसमअनुकूल पानी आउने र तिनीहरूको संरक्षण मर्मत गर्न सके दूरदराजका गाउँमा पानीको हाहाकार नहुने नवदुर्गा गाउँपालिकका उपाध्यक्ष डम्बरी ओलीले जानकारी गराइन् । हिउँदमा तातो र गर्मीमा चिसो पानी पाइने भएकाले स्थानीयले सधैं कुवाको पानी प्रयोग गर्ने गरेको अजयमेरु–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए ।

वडा तथा गाउँपालिकाको थोरै बजेटले पनि कुवा मर्मत गर्न सकिने भएकाले जिल्लामा रहेका यस्ता कुवा जर्गेना गरिनुपर्ने स्थानीयको भनाइ छ । खानेपानीका योजना लागू हुनुअघि सबैले कुवाकै पानी प्रयोग गर्दै आए पनि गाउँमा खानेपानीको योजना आएसँगै कुवा जीर्ण बन्दै गएका थिए ।

अजयमेरु गाउँपालिकाका कतिपय स्थानका कुवा हराएका भए पनि जीर्ण अवस्थामा रहेका र सरक्षंण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।

गाउँमा पानीको समस्या आउन नदिन र यसको धार्मिक महŒवसमेत प्रस्ट्याउन कुवा संरक्षण गर्न लागिएको हो ।

भागेश्वर गाउँपालिकाको रूपाल भागेश्वर र बगरकोटका गाउँहरूमा रहेका कुवा पनि संरक्षणमा स्थानीयस्तरबाट लागिपरेको गाउँपालिका अध्यक्ष कौशिला भट्टको भनाइ छ । अहिले पनि स्थानीय कुवाकै पानी प्रयोग गरिरहेकाले कुवा संरक्षणमा लाग्नुपर्ने अध्यक्ष भट्टले बताइन् ।

डडेल्धुराका रूपाल, भागेश्वर, समैजी, अजयमेरु, कोटेली, नवदुर्गा, देवल, भद्रपुर र अमरगढी नगरपालिकाभित्र वर्षौंअघि निर्मित कुवा छन् ।

नवदुर्गा गाउँपालिका–१ कोटेलीमा कुवामा पानी भर्दै बालिका । वन्दना बम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.