सभामुख महराले लिए सपथ
काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको उपस्थिति थियो । महरा शनिबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन्