एमालेले घोडाघोडीका मेयरमाथि कारबाही थाल्यो

एमालेले घोडाघोडीका मेयरमाथि कारबाही थाल्यो

काठमाडौँः स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ ।

घोडघोडी नगरपालिका–५ देउकलीमा १८ वर्षीय राधा चौधरीमाथि स्थानीय धामी रामबहादुर चौधरीसहितले नारी दिवसका दिन सयौँ गाउँलेमाझ कुटपिट गरेको घटना मिलापत्र गराएपछि चौधरी विवादित भएका थिए ।

बोक्सी आरोपमा राधामाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय सुख्खडमा मेयरकै उपस्थितिमा घटना मिलापत्र गरेको पाइएपछि सरकारमाथि पनि दबाब परेको छ ।

एमाले कैलालीले बनायो समिति

नेकपा एमाले कैलालीका सचिव रणबहादुर चन्दले राधामाथि भएको ज्यादती र एमालेबाट निर्वाचित मेयर ममताप्रसादको भूमिकाबारे विस्तृत अध्ययन गर्न एक कमिटि बनाइएको जानकारी दिए ।

‘हामीले छानबिन थालिसकेका छौँ, मेयर चौधरीसँग पनि हामीले कुराकानी गरिसकेका छौँ’, उनले भने, ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर त्यहाँका प्रत्यक्षदर्शी, प्रहरी र पीडितपक्षसँग विस्तृत बुझेर कारबाही अघि बढाउँछौँ ।’

बोक्सी आरोपमा कुटपिटको गम्भीर घटना पनि मेयरले मिलापत्र गराएको भन्दै चर्को आलोचान भएको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि आलोचना भएपछि मेयर चौधरीले शनिबार विज्ञप्ती निकाल्दै आफूले मिलापत्र नगराएको उल्टै धामीलाई पनि पक्रन सघाएको स्पष्टिकरण दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन
घटनाको चार दिनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राधामाथिको बर्बर घटनामा कसैलाई छुट दिन नसकिने बताउँदै तत्काल छानबिन प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै एमाले कैलालीले पनि छानबिन समिति बनाएको हो । उता, प्रमको निर्देशनसँगै इलाका प्रहरी कार्यालय सख्खडका निमित्त इन्चार्ज सई दिनेश विष्टलाई पनि जाहेरी दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बनप्रक्रिया अघि बढाएको छ ।

यसैबीच राधामाथि कुटपिटमा संलग्न स्थानीय २० वर्षीय किस्मती चौधरीलाई प्रहरीले आइतवार घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

उनीसँगै कुटपिटमा संलग्न धामी रामबहादुर चौधरीमाथि जिल्ला अदालतमा म्याद थपेर मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानरकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.