‘भ्रष्टाचारविरुद्ध ओली सरकारको एक्सन चाहिएको छ’

‘भ्रष्टाचारविरुद्ध ओली सरकारको एक्सन चाहिएको छ’

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनलाई गरेको भरोसालाई एक्सनबाट पुरा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतका लागि आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले देशको समृद्धिका लागि वाम गठबन्धनको सरकार बनेको बताउँदै अब भाषण होइन जनताले एक्सन खोजेको बताए ।


‘अब देशमा स्थिरता र विकासको आवश्यकता छ । त्यसकै लागि गठबन्धन बनयौँ । साझा घोषणापत्र बनायौँ, त्यही बेला विश्वासको मत जनतासँग माग्यौँ’, दाहालले भने, ‘गठबन्धनको जिम्मेवार सदस्यको हैसियतमा लिखित रुपमा राष्ट्रपतिलाई पत्र बुझाएर प्रधानमन्त्रीमा केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन छ भनिसकेको छु । अहिलेको औपचारिकता मात्र हो । अब केही गर्ने समय आएको छ ।’

प्रधानमन्त्रीप्रति गहिरो विश्वास रहेको विश्वास दिलाउँदै दाहालले अब देशले अराजकता, बेथिति र विकृति होइन विकासको नयाँ युग चाहेको बताए । ‘अब देश नयाँ युगमा जानुपर्छ भनेर जनताले हामीलाई भरोसासहित मत दिएका हुन्’, दाहालले जोड दिए, ‘अब हामीले भाषण र मार्मिक उपदेशबाट होइन, एक्सानबाट जनताका आकांक्षा सम्बोधन गर्न सक्नुपर्छ ।’

दाहालले ओलीतर्फ लक्षित गर्दै अगाडि भने, ‘तपाईंका हात बलिया छन् । दुईतिहाइ जनताले समर्थन गरेका छ न् । भ्रष्टाचार नियन्त्रण गर्न कठोर कदम चाल्नुपर्छ ।’
दाहालले ओली सरकारलाई सबै खालका कु–संस्कृतिको अन्त्य गर्ने गरी भरोसा गरेको बताउँदै प्रतिबद्धता अनुसार सरकारले काम गर्नुपर्ने उल्लेख गरे ।
‘अब नयाँ युगको सुरुवात हुने छ । यो एउटा अवसर हो । राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सुशासन र शान्तिका लागि प्रतिनिधिसभा र सरकार सत्तापक्ष र प्रतिपक्ष सबै एतिहासिक अवसर हो’, दाहालले अगाडि थपे, ‘हामीले धेरै अप्ठेरासँग जुधेर यहाँ आइपुगेका छौँ । शान्तिप्रक्रियाका संवेदनशील पक्षलाई पूरा गरेका छौँ । र, हामीले जनताका अगाडि गहिरो कबुल गरेका छौँ ।’

दाहालले पटक पटक अब जनताले भाषण होइन एक्सन खोजेको प्रधामन्त्री ओलीलाई सम्झाए । ‘जनताले सीधै परिणाम खोजेको छ’, दाहालले भने, ‘कैलालीको घटनामा सरकारले सीधै कारबाही गर्नुपर्छ । एक्सन लिनुपर्छ । केही कुराले रोक्न सक्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.